Skip to content

धुलिखेल खावा सडक कालोपत्र सुरु (सात तस्विर)

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौं । अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडक कालोपत्रे गर्ने काम सुरु भएको छ । सडक डिभिजन कार्यालय भक्तपुरका अनुसार धुलिखेल चोकबाट कालोपत्रेको काम सुरु भएको हो । ‘धुलिखेल–खावा ४ किलोमिटर सडकमध्ये पहिलो चरणमा २।५ किलोमिटर सडक कालोपत्रे हुनेछ भने दोश्रो चरणमा १.५ किलोमिटर कालोपत्रे हुने छ ।

वर्षौं देखि अलपत्र पारिएको सो सडक अन्तर ताकुचा क्षेत्रको सडक कालोपत्र काम सुरु गरिएको हो । अघिल्लो पटक २०७९ जेठ २० मा २२ महिनामा काम सक्ने गरी गौरी पार्वती निर्माण सेवाले ठेक्का पाएको थियो । सडक बनाइसक्नुपर्ने मिति सकिएको ११ महिनासम्म पनि निर्माण सम्पन्न नगरेपछि २०८१ फागुन २५ गते सडक डिभिजन कार्यालय भक्तपुरले ठेक्का रद्द गरेको थियो ।

पुरानो ठेक्का रद्द गरेर १४ महिनामा काम सक्ने गरी गत साउनमा नयाँ ठेक्का खुलाइएको थियो । नेपाल सरकारबाट ४२ करोडको श्रोत सुनिश्चित भई १४ महिनाको अवधि तोकेर नयाँ ठेक्का लगाइएको छ । यस ठेक्का अनुसार बर्खा नलाग्दै सडकमा पिचको काम सक्नेगरी सिएम एवन काली जेभीले काम गरी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार