Skip to content

प्रधानमन्त्री बालेनले प्रत्यक्ष र समानुपातिक सांसदमा विभेद गरेको एमाले सांसदको आरोप

कालोपाटी

२ दिन अगाडि

काठमाडौं । नेकपा एमालेकी सांसद टुकाभद्र हमालले प्रधानमन्त्री बालेन शाहले प्रत्यक्ष निर्वाचित र समानुपातिकतर्फबाट आएका सांसदहरूमा विभेद गरेको भन्दै आपत्ति जनाएकी छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्रीले प्रत्यक्ष निर्वाचित सांसदहरूसँग मात्रै भेटेको भन्दै असन्तुष्टि जनाइन्।

उनले भनिन्, प्रत्यक्ष निर्वाचित सांसदहरूलाई भेटेर विकास निर्माणको कुरा राख्ने अवसर दिनुभएको सुन्नमा आएको छ। तर समानुपातिकतर्फबाट आएकाहरूलाई त्यो अवसरबाट किन वञ्चित गरियो रु’

उनले पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई गैरकानूनी हिसाबले थुनामा राखेको भन्दै तत्काल रिहा गर्न माग गरिन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार