काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद जनकसिंह धामीले आफ्नो निर्वाचन क्षेत्र कञ्चनपुर क्षेत्र नं -१का जनताहरुले सीमा विवाद र खुला सीमाका कारण ठूलो चुनौती भोगिरहेको बताएका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नेपालीहरूको हातमा लालपुर्जा भएपनि जग्गा भारतीयहरूको चलनभोगमा रहेको बताए ।
उनले भने, ‘सीमा विवाद र खुला सीमाका कारण मेरो क्षेत्रका जनताहरूले ठूलो चुनौतीको सामना गर्नु परेको छ । जहाँ गोविन्द गौतम सहीद पनि भएका थिए । नेपालीहरूको हातमा लालपुर्जा छ । जग्गा भारतीयहरूको चलनभोगमा छ ।’
त्यस्तै उनले भारतीय पक्षले हुलाकी सडक निर्माणमा अवरोध गरिरहेको पनि जानकारी गराए ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्