काठमाडौं । चुरे तथा वनजंगल संरक्षण अभियानमा आवद्ध अभियन्ताहरूले प्रधानमन्त्रीसँग भेटघाट गरी ध्यानाकर्षण पत्र बुझाउने प्रयास असफल भएपछि उक्त पत्र माइतीघर मण्डलामा टाँसेर सार्वजनिक गरेका छन्।
अभियानकर्ताहरूले चुरे क्षेत्रको तीव्र दोहन, वन विनाश तथा वातावरणीय क्षतिबारे सरकारको ध्यानाकर्षण गराउन प्रधानमन्त्रीलाई भेट्न खोजेका थिए। तर भेटको समय नपाएपछि उनीहरूले आफ्नो माग र चिन्ताहरू समेटिएको पत्र माइतीघर मण्डलामा टाँस्दै विरोध जनाएका हुन्।
अभियानका प्रतिनिधिहरूले चुरे संरक्षणका लागि ठोस नीति, अवैध उत्खननमा कडाइ तथा दीर्घकालीन वातावरणीय संरक्षणका उपाय तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन्। साथै, सम्बन्धित निकायले समस्या समाधानमा चासो नदिएको गुनासो समेत उनीहरूले गरेका छन्।उनीहरूले सरकारको ध्यान आकृष्ट गराउन थप दबाबमूलक कार्यक्रम अघि बढाउने चेतावनी दिएका छन्।

सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्