काठमाण्डौ । इजरायलले लेबनानको सशस्त्र समूह हिजबुल्लाहमाथि आक्रमण गरेपछि इरानले हर्मुज जलमार्ग फेरि बन्द गरेको छ ।
यसले गर्दा अमेरिका र इरानबीचको युद्धविराम सम्झौता अन्योलमा परेको छ । हिजो इजरायलले बेरुतका व्यापारिक र आवासीय क्षेत्रहरूमा आक्रमण गर्दा धेरै मानिसको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
यता अमेरिकाले इरानलाई तत्काल जलमार्ग खोल्न माग गरेको छ । इरानले भने अमेरिकाले १० बुँदे शर्तमध्ये तीनवटा उल्लंघन गरेको भन्दै अब हुने भनिएको वार्ता अर्थहीन रहेको जनाएको छ ।
इरानी विदेशमन्त्री अब्बास अराघचीले लेबनानमा युद्ध अन्त्य हुनु युद्धविरामकै हिस्सा भएको बताइरहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले भने यो सम्झौताले लेबनानलाई नसमेट्ने बताएका छन् ।
पाकिस्तानको मध्यस्थतामा भोलि इस्लामाबादमा अमेरिका र इरानबीच वार्ता हुने भनिएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्