काठमाडौं । बिस्का जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा धिमे बाजासहित नाचगानको रमाइलो माहौल देखिएको छ। जात्राको उत्साहसँगै शहरभरि जताततै धिमे बाजा बजेको सुन्न र देख्न पाइन्छ। तीमध्ये विशेषगरी भक्तपुर नगरपालिका वडा नं. ५ मा पर्ने पाँचतल्ले मन्दिर र त्यसको परिसरमा गरिएको सामूहिक धिमे बाजा प्रदर्शन तथा नृत्यले सबैको ध्यान आकर्षित गरेको छ।
पाँचतल्ले मन्दिर परिसरको खुट्किलाहरूमा लहरै बसेर बोल, सुर र तालमा बजाइएको धिमे बाजाको तालमा महिलाहरुले नृत्य प्रदर्शन गरेका छन् । नेवारी भेसभुसा लगाएका महिलाहरुले धिमे बाजाको तालमा एकसाथ नृत्य गरेको तस्विरमा देख्न सकिन्छ।

सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्