Skip to content

लिग-टु शृङ्खलाअघि नेपालले यूएईसँग २ वटा टी-२० खेल्ने

कालोपाटी

२ घण्टा अगाडि

काठमाण्डौ । नेपालले घरेलु मैदानमा संयुक्त अरब इमिरेट्स (यूएई) सँग दुई खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला खेल्ने भएको छ । आउँदो वैशाख ७ र ८ गते हुने कीर्तिपुरको त्रिवि क्रिकेट रङ्गशालामा हुने यो खेललाई नेपाल क्रिकेट सङ्घ (क्यान) ले ‘ईएल क्लासिको’ नाम दिएको छ ।

नेपाल र यूएई चिर प्रतिद्वन्द्वी टोली हुन् । नेपाल यूएईबीचको क्रिकेट निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने गरेको छ । टी–२० क्रिकेटमा अहिलेसम्म यी दुई टोलीबीच ११ पटक भेट भएकोमा नेपाल ६ र यूएई ५ खेलमा विजयी भएको छ ।

यो टी–२० शृङ्खलापछि वैशाख १२ देखि २३ गतेसम्म नेपाल, ओमान र यूएई सम्मिलित आईसीसी विश्वकप क्रिकेट लिग–टु शृङ्खला हुनेछ ।

त्यसपछि जेठ १ देखि ११ गतेसम्म नेपाल, अमेरिका र स्कटल्यान्ड सम्मिलित लिग–टु शुङ्खला हुनेछ । यी दुई वटै शृङ्खला त्रिवि रङ्गशालामा हुनेछ ।

८ वटा टोली सहभागी लिग–टुमा नेपाल २० खेलमा १२ अङ्कसहित सातौँ स्थानमा छ । २४ खेलबाट ३६ अङ्क जोडेको अमेरिका शीर्ष स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार