काठमाडौं । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले विद्यार्थी सङ्गठन खारेज गर्ने सरकारी नीतिविरुद्ध विद्यार्थी सङ्गठनहरूले थालेको संघर्षप्रति समर्थन जनाएका छन् ।
उनले विद्यार्थी सङ्गठनहरूलाई आन्दोलनलाई सशक्त बनाउँदै अगाडि बढ्न आग्रह गरेका छन् ।
उनले भनेका छन्, ‘सरकारको यो सोच निरङ्कुश प्रवृत्तिको अभिव्यक्ति हो । विद्यार्थी सङ्गठनहरू सचेतता, खबरदारी, न्याय, विद्रोह र अग्रगमनका वाहक हुन । नेपालका सबै निरङ्कुश शासकहरूको अन्त्यमा विद्यार्थीको भूमिका अग्रस्थानमा रहेको छ ।’
जुन संस्था र शक्तिको योगदानले अहिलेको परिवर्तन भएको उनको भनाइ छ । विद्यार्थी संगठनहरुको घाँटी निमोठ्न खोजे सरकारकै जरो उखेलेर फ्याँकिँदिने चेतावनी दिएका छन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्