काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले सरकारले संविधान संशोधन गर्ने तयारी गरिरहँदा उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउनु पर्ने तर्क राखेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै नेता बास्कोटाले जिल्ला समन्वय समिति (जिसस) अनावश्यक भएको र पालिका तथा केन्द्रका बारे मात्रै संशोधन जरुरी भएको बताएका छन् ।
उनले भनेका छन्, ‘पहिला रास्वपा संघीयता खारेज गर्ने भन्थ्यो, अब संविधान संशोधन गर्छ कि गर्दैन रु गर्ने हो भने केन्द्र र पालिका मात्र होस् ।’
उनले राष्ट्रिय सभा १०५ सिटको हुनुपर्ने र पूर्ण समावेसी हुनु पर्ने बताएका छन् । भनेका छन्, ‘महिला–पुरुष ५०–५० प्रतिशत, उपराष्ट्रपति नै सभाध्यक्ष हुने व्यवस्था होस् ।’
उनले प्रतिनिधिसभाको समानुपातिक सिट खारेज गरेर प्रत्यक्षमा महिला पुरुष ६०–४० प्रतिशत अनिवार्य बनाउनु पर्ने तर्क गरेका छन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्