काठमाडौँ । भक्तपुरको चाँगुनारायण नगरपालिका–९ स्थित ताथलीबाट प्रहरीले चाँदी सहित एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका घर भएर काभ्रेको बनेपा बस्दै आएका ३२ वर्षीय राजु स्वेत छन् ।
सोमबार अस्थायी प्रहरी पोष्ट ताथलीबाट खटिएको प्रहरीले चेकजाँच गर्दा उनको साथबाट १ केजी ५७७ ग्राम चाँदी जस्तो देखिने सेतो धातु बरामद गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी प्रकाश जबेगुले जानकारी दिए ।
नालाबाट च्याम्हासिंह तर्फ आउँदै गरेका स्वेत प्रदेश–३–०२–०२१ प ४३६४ नम्बरको मोटरसाइकलमा सवार थिए । आरोपीले बरामद चाँदीको कुनै कागजात देखाउन सकेका छैनन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्