Skip to content

गणेश पराजुलीको अभिव्यक्ति रेकर्डबाट हटाउन सभामुखको रुलिङ

कालोपाटी

४ घण्टा अगाडि

काठमाडौं । रास्वपाका संसदीय दलका नेता गणेश पराजुलीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुखले निर्देशन दिएका छन् । वैशाख २९ गते बसेको बैठकमा सांसद पराजुलीले दिएको अभिव्यक्ति हटाउन सभामुखले आज निर्देशन दिएका हुन् ।

पराजुलीले संसद्मा सम्बोधनको क्रममा भरौटे, लुगा लगाएर पनि नाङ्गै हिँडेजस्तो शब्द प्रयोग गरेको भन्दै सभामुखले हटाउन भनेका हुन् ।

सभामुख डीपी अर्यालले सांसदहरूलाई सदनमा बोल्दा प्रयोग गर्ने भाषामा ध्यान दिन समेत निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार