काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी वार्ताकारहररूलाई इरानसँग ‘हतारमा सम्झौता नगर्न’ भन्नुभएको छ । राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा ‘सम्झौता नभएसम्म, प्रमाणित नभएसम्म र हस्ताक्षर नभएसम्म नाकाबन्दी पूर्ण शक्तिमा र प्रभावमा रहने बताउनु भएको छ ।
फेब्रुअरी २८ मा अमेरिका–इजरायलले सुरु गरेको आक्रमणको जवाफमा इरानले आर्थिक रूपमा महत्त्वपूर्ण स्ट्रेट अफ हर्मुज हुँदै आवतजावत गर्ने यातायात लगभग रोकेको भन्दै अमेरिकाले अप्रिल १३ देखि इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको घोषणा गरेको छ ।
राष्ट्रपति ट्रम्पको टिप्पणी अमेरिका र इरानबिच नयाँ युद्धविराम सम्झौताका लागि खाका तयार भइरहेको समाचार बाहिरिएको बेला आएको छ । ह्वाइट हाउसले सम्झौताका पक्षहरू सार्वजनिक नगरेको भए पनि इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले सरकारी टेलिभिजनमा ‘दुई पक्ष १४ धाराहरू मिलेर बनेको एक प्रकारको सम्झौताको ढाँचा ९समझदारी–पत्र०’ को अन्तिम तयारी नजिक पुगेका बताउनुभएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्