काठमाडौं । रास्वपा सांसद अमरेशकुमार सिंहले उखु किसानको भुक्तानी तत्काल गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले उखु किसानको अहिलेसम्म चिनी मिलले पैसा दिन नसकेको बताए ।
सिंहले भने, सरकारले दिने अनुदान पनि उखु किसानले पाउन सकेका छैनन् । चाँडै उखु किसानको भुक्तानी होस् र सरकारले दिने रकम पनि किसानलाई चाँडै उपलब्ध होस् ।
उनले रोपाइँको सिजन सुरू हुन लागेको भन्दै मलको व्यवस्था गर्न पनि माग गरे । उनले थपे, अहिलेसम्म मलको उपलब्धता हुन सकिरहेको छैन। १०-१५ दिनपछि रोपाइँको सिजन सुरू हुन्छ ।
उनले बागमतीको कटानले सर्लाहीको बरहथवा नगरपालिकाको वडा नम्बर १, २, ३, ४ मा करिब ५० हजारभन्दा बढी नागरिकहरूको उठीबास हुने अवस्था रहेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्