काठमाडौँ । काठमाडौँ र पोखरामा निःशुल्क ६ किलोमिटर दौड तथा कला प्रदर्शनी अयोजना हुने भएको छ । डोको फाउन्डेसनले सो कार्यक्रमको आयोजना गर्न लागेको हो ।
संयुक्त राष्ट्रसंघ नेपालको सहयोगमा उक्त कार्यक्रमको आयोजना गर्न लागेको आयोजकले जनाएको छ । कार्यक्रम जेठ २२ गते (शुक्रबार) नन्दिकिसोरी बगैचा नारायणचौर नक्साल र बसुन्धरा पार्क लेकसाइडमा हुने आयोजकले जनाएको छ ।
आयोजकका अनुसार समुदायको सक्रिय सहभागिता र स्वयमसेवी सहयोगमा सञ्चालन हुन लागेको उक्त कार्यक्रमले विभिन्न समुदायलाई एकै स्थानमा ल्याएर स्वास्थ्य, सिर्जनशील तथा सामाजिक एकताको सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ ।
कार्यक्रम पूर्ण रुपमा समुदाय–आधारित पहलका रुपमा आयोजना हुन लागेको आयोजकले जनाएको छ ।
दौड तथा कला प्रदर्शनीमार्फत नागरिक सहभागिता, सामुदायिक सहकार्य तथा दिगो विकाससम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्धेश्य राखिएको आयोजकको भनाई छ । कार्यक्रममा विभिन्न क्षेत्रका सहभागी, कलाकार, स्वयमसेवक तथा समुदायका प्रतिनिधिहरुको उपस्थिति रहने अपेक्षा गरिएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
RateMySamsad
प्रतिक्रिया दिनुहोस्