Skip to content

रास्वपा सभापति लामिछानेले भाजपा नेतृत्वसँग भेटवार्ता गर्ने

कालोपाटी

१५ घण्टा अगाडि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले आज नयाँ दिल्लीस्थित भाजपा मुख्यालयमा उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने भएका छन् ।

भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा भारत भ्रमणमा रहेका सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले आज नयाँ दिल्लीस्थित भाजपा मुख्यालयमा उच्चस्तरीय नेताहरूसँग राजनीतिक भेटवार्ता गर्ने लागेको हो ।

भेटमा दुवै पक्षबीच दुई देशका लोकतान्त्रिक शक्ति, दलगत अनुभव, राजनीतिक सहकार्य र आपसी सम्बन्ध सुदृढीकरणका विषयमा छलफल हुनेछ ।

सभापति लामिछाने पाँच दिने औपचारिक भ्रमणका लागि हिजो सोमबार भारत प्रस्थान गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार