काठमाडौँ । बितेका २४ घण्टामा एक हजार दुई हजार २ सय ९९ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २३ लाख ७१ हजार ४२ रुपैयाँ राजस्व दाखिला भएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १ सय १९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १ सय ६०, सङ्केत बत्ती उल्लङ्घनकर्ता १ सय ३४ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १ सय १८ जनालाई कारबाही गरिएको हो ।
यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १ सय १४, निषेधित क्षेत्रमा हर्न बजाउने ९४, सडक पेटीमा सवारीसाधन ‘पार्किङ’ गर्ने १ सय २०, एकतर्फी सडकमा सवारी चलाउने १ सय ४४ र अन्य सवारी नियम पालना नगरेका एक हजार २ सय ९६ जनालाई कारबाही गरिएको हो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
मेरो एउटा कुरा छ
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्