काठमाडौं । नेकपा एमालेकी सांसद यशोदा बरालले एमाले अध्यक्ष केपी शर्मा ओलीको तस्वीर सामाजिक सञ्जालमा दुरुपयोग भएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छिन् ।
बिहीबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले ओलीको तस्वीर सामाजिक सञ्जालमा दुरुपयोग गरी रास्वपाको सदस्यता लिएको भनेर भ्रम फैलाइएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी हुन् ।
उनले भनिन्,‘पूर्वप्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीज्यूको फोटो दुरुपयोग गरेर उहाँलाई रास्वपाको सदस्यता लिएको भनेर सामाजिक सञ्जालमा छ्यापछ्याप्ती छ । यसमा सरकार र सम्बन्धित पार्टीको ध्यानाकर्षण गराउन चाहान्छु ।’
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
मेरो एउटा कुरा छ
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्