Skip to content

संसद् बैठकमा कालो चस्मा नलगाउन सभामुखको निर्देशन

कालोपाटी

१ घण्टा अगाडि

काठमाण्डौ । सभामुख डोलप्रसाद अर्यालले संसद् बैठकमा कालो चस्मा नलगाई तोकिएको पोसाकमा उपस्थित हुन सांसदहरूलाई निर्देशन दिनुभएको छ ।

कार्यव्यवस्था परामर्श समितिको बैठकमा संसद्को मर्यादा, अनुशासन र ’ड्रेसकोड’ का विषयमा छलफल हुँदै गर्दा सभामुख अर्यालले यस्तो निर्देशन दिनुभएको हो ।

प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह, गृहमन्त्री सुधन गुरुङलगायतका मन्त्री र सांसदहरूले संसद‍्मै कालो चस्मा प्रयोग गरेपछि संसदीय मर्यादामाथि प्रश्न उठेको थियो ।

सभामुखले मर्यादापालक प्रयोग गरेरै भए पनि तोकिएको पोसाक र आधिकारिक लोगोविना आउने सांसदहरूलाई प्रवेशमा रोक लगाउने चेतावनी दिनुभएको छ ।

साथै संसद् बैठक चलिरहेका बेला हलभित्रै ल्यापटपबाट शेयर कारोबार गर्ने र लबीमा भीडभाड गर्नेजस्ता गतिविधि तत्काल रोक्न पनि उहाँले सबै राजनीतिक दलका सचेतकहरूलाई सचेत गराउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार