Skip to content

देउवा साउन २६ गते स्वदेश फर्किने

कालोपाटी

१ घण्टा अगाडि

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साउन २६ गते राति ९ः४५ बजे काठमाडौं फर्किने भएका छन् ।

देउवानिकट कांग्रेस नेता राजु श्रेष्ठका अनुसार उनी त्यसदिन एक्लै फर्किंदैछन् ।

परिवारका अन्य सदस्य केही समयपछि फर्किने उनले बताए ।

देउवा स्वास्थ्योपचारका लागि फागुन १३ मा सिंगापुर गएका थिए । चैत ७ गते हङकङ गएका उनी केही समय त्यहाँ बसे ।

उनी अहिले सिंगापुरबाट फर्किन लागेका हुन् ।

देउवाले साउन २९ गते आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्ने नेता श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार