Skip to content

‘बाढीपहिरो पीडितको उद्धार र पुनस्र्थापनामा सरकारको पहिलो ध्यान हुनुपर्छ’ : सांसद अर्याल

कालोपाटी

१६ मिनेट अगाडि

काठमाडौं । नेकपा एमाले सांसद पदम कुमारी अर्यालले अविरल वर्षाका कारण देशभर भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेकी छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद अर्यालले विपद्मा परेका नागरिकको तत्काल उद्धार, घाइतेको उपचार र विस्थापितको पुनस्र्थापनालाई सरकारले प्राथमिकतामा राख्नुपर्ने बताइन् ।

अर्यालले रोल्पामा दुई दिनमै १८ जनाको ज्यान जानेगरी भएको घटना अत्यन्तै दुःखद र कहालीलाग्दो भएको बताइन् ।

उनले बाढीपहिरोका कारण बाजुरा, कास्कीको सीमालगायत देशका विभिन्न जिल्लामा ठूलो क्षति पुगेको बताइन् ।

अर्यालले विपद्मा परेका तथा जोखिममा रहेका नागरिकको तत्काल उद्धार, घाइतेको उपचार र विस्थापित परिवारको पुनस्र्थापनाका लागि सरकारले पहिलो प्राथमिकतामा काम गर्नुपर्ने माग गरिन् ।

उनले विपद्मा परेका नागरिकलाई सामान्य राहत उपलब्ध गराउँदैमा मात्र राज्यको अनुभूति नहुने बताउँदै संकटका बेला सरकारले अभिभावकको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार