Skip to content

लकडाउनको समयमा निवासमै कुटिए शिक्षक

कुटपिट

कालोपाटी

६ वर्ष अगाडि

डडेल्धुरा, जेठ ५ ।
विश्व माहामारिका रुपमा रहेको कोरोना रोगले गर्दा अहिले देशैभर लकडाउन छ । लकडाउनकै समयमा डडेल्धुरामा एक शिक्षक माथि कुटपिट भएको छ। शनीबार आलीताल गाउपालीका स्थित गौरी शंकर मा.बि मेलगांजामा कार्यरत शिक्षक राजेन्द्र सिंह साउंद माथी कुटपिट गरिएको थियो ।

बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष लक्ष्मी पार्कि, नीजका श्रीमान धन बहादुर पार्कि, वडा अध्यक्ष डम्मर पार्कि र बिद्याालय ब्यवस्थापन समिति सदस्य प्रेम बहादुर घर्तिले प्रधानाध्यापक साउंदको निवासमा प्रबेश गरी सांघातिक आक्रमण गरि कुटपिट गरेको जनाईएको छ। सो घटनाको घोर भर्सना गर्दै नेपाल शिक्षक संघ डडेल्धुराले घोर आपत्ति जनाएको छ ।

उनिहरुले पटक(पटक शिक्षक साउद माथी गाली बेज्जत भैरहने भएकाले छानबिन गरि दोषी माथी कारबाहि गर्नका साथै शिक्षकको जीबन रक्षाको माग गर्दै प्रहरी प्रशासन संग जोडदार माग गरिएको अध्यक्ष कर्ण बहादुर मडै र सचिब अशोक बम द्धवारा जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्