काठमाण्डौ । आजदेखि आइतबारसम्म देशका धेरै ठाउँमा ठूलो पानी पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ । लगातारको वर्षाले नदी र खोलाहरूमा जलस्तर एक्कासी बढ्ने, पहाडी भूभागमा पहिरो जाने र तराईका होचा ठाउँमा डुबान तथा हिमाली भेगमा अत्यधिक हिमपात हुन सक्ने मौसम विज्ञान विभागले जनाएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अत्यावश्यक कामबाहेक लामोदूरीको यात्रा नगर्न अनुरोध गरेको छ । यस्तै बाढी आएका बेला टिकटक नबनाउन, भिडियो नखिच्न वा खोलामा दाउरा संकलन नगर्न पनि प्राधिकरणले भनेको छ ।
जोखिमयुक्त क्षेत्रमा रहेका पर्यटकहरूलाई तत्काल सुरक्षित ठाउँमा जान र ट्राभल एजेन्सीहरूलाई नयाँ बुकिङ नगर्न भनिएको छ । यस्तै खेतबारीमा जाने बाटो, गल्ली, कुलो तथा अन्य माध्यमबाट भेल पस्न नदिन, धान पाक्न लागेको खेत, तरकारीबारी र फलफूल बगैँचामा पानी निकासको व्यवस्था गर्न सुझाव छ । नदी खोला आसपास र पहिरोको जोखिम भएका भिरालो ठाउँमा विशेष सावधानी अपनाउन मौसमविदहरुले आग्रह गरेका छन् ।
सरकारले भोलिदेखि तीन दिनसम्म नदीहरुको अवस्था र सम्भावित विपदको जोखिमका बारेमा हरेक घण्टा अध्यावधिक सूचना पनि दिने भएको छ । सम्भावित जोखिमयुक्त क्षेत्रका नागरिकको मोबाइलमा एसएमएस अलर्ट पठाइने भएकाले त्यसलाई गम्भीरतापूर्वक लिन प्राधिकरणले आग्रह गरेको छ ।
यस्तै सडक खुलाउन मुख्य राजमार्गहरूमा डोजरहरू तयारी अवस्थामा राखिएको प्राधिकरणले जनाएको छ । देशभरका सुरक्षा निकायलाई हाई अलर्टमा राखिएको र ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूमार्फत प्रतिकार्यको तयारी तीव्र पारिएको पनि प्राधिकरणको भनाइ छ ।
यसैबीच प्रधानमन्त्री वालेन्द्र शाहले सम्भावित मौसमी विपद् जोखिमलाई ध्यानमा राख्दै सम्बन्धित निकायहरूलाई आवश्यक तयारी, समन्वय तथा पूर्वसतर्कता अपनाउन आग्रह गर्नुभएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्