काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद तथा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री बालेन शाहको सम्बोधनप्रति सकारात्मक प्रतिक्रिया जनाएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत शाहीले संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा प्रधानमन्त्री शाहले गरेको सम्बोधनप्रति सकारात्मक प्रतिक्रिया जनाएका हुन् ।
उनले प्रधानमन्त्री शाहले राष्ट्र र नेपाली जनताको हितलाई केन्द्रमा राखेर प्रस्तुत गरेको सम्बोधनले नेपाली जनताको मनमा आशा र उत्साह जगाएको उल्लेख गरेका छन्।
शाहीले उक्त सम्बोधनलाई समृद्ध, स्वाभिमानी र शान्त नेपाल निर्माणको सपनाका रूपमा समेत व्याख्या गर्दै प्रधानमन्त्री शाहलाई धन्यवाद तथा सफलताको शुभकामना दिएका छन्।
‘भगवान् बुद्धले देखाउनुभएको शान्ति, मानवता र करुणाको मार्गमा हामी सबै हिँड्न सकौँ।सम्माननीय प्रधानमन्त्री बालेन शाहज्यूले राष्ट्र र नेपाली जनताको हितलाई केन्द्रमा राखेर प्रस्तुत गर्नुभएको सम्बोधनले नेपाली जनताको मनमा आशा र उत्साह जगाएको छ।यो केवल सम्बोधन होइन, समृद्ध, स्वाभिमानी र शान्त नेपाल निर्माणको एउटा सुन्दर सपना पनि हो।सम्माननीय प्रधानमन्त्रीज्यूलाई हार्दिक धन्यवाद तथा सफलताको शुभकामना।आज साँच्चिकै हरेक नेपालीको मनमा उत्सवको अनुभूति भएको छ।’शाहीले आफ्नो फेसबुक पोस्टमा लेखेका छन्।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्