काठमाडौं । मेडिकल व्यवसायी तथा राजावादी अभियन्ता दुर्गा प्रसाईँ फेरि पक्राउ परेका छन् । साइबर ब्यूरोबाट आएको प्रहरीले केहीबेरअघि उनलाई भक्तपुरस्थित निवासबाटै नियन्त्रणमा लिएको हो ।
रास्वपाकी सांसद रचना खतिवडाविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको भनेर उनीविरुद्ध ब्यूरोमा उजुरी परेको प्रहरीले जनाएको छ । जेनजी शहिद रसिक खतिवडाकी आमा समेत रहेकी रचनालाई ‘छोराको लाशमा टेकेर संसद् बनेको’ आरोप प्रसाईँले लगाएका थिए ।
सांसद खतिवडाले संसद् बैठकमै प्रसाईँको अभिव्यक्तिमा आपत्ति जनाएकी थिइन् । त्यस क्रममा उनी भक्कानिएर रोएकी थिइन् । सो अभिव्यक्ति विरुद्ध खतिवडाको परिवारबाट उजुरी दिइएको बताइएको छ ।
प्रसाईँका छोरा निराजन प्रसाईँले साइबर ब्यूरोबाट पक्राउ पूर्जीसहित आएका प्रहरीले नियन्त्रणमा लिएको पुष्टि गरे ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्