Skip to content

‘जनादेश मनपरी शासन गर्न नभई नागरिकको जीवन बदल्न हो’ : आङ्देम्बे

कालोपाटी

१ घण्टा अगाडि

काठमाण्डौ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारलाई प्राप्त जनादेश मनपरी शासन गर्नका लागि नभई नागरिकको जीवन बदल्नका लागि भएको बताउनुभएको छ ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै नेता आङ्देम्बेले संसद्मा बहुमतको शक्ति भए पनि सरकारसँग शासकीय कौशलताको अभाव देखिएको आरोप लगाउनुभयो । सरकार गठन भएको ६ महिना बितिसक्दा पनि बाढी पहिरो पीडितको उचित उद्धार र राहत हुन नसकेको तथा अर्थतन्त्र झनै कमजोर बन्दै गएको उहाँको भनाइ छ ।

प्रधानमन्त्रीको कार्यशैलीप्रति कडा आपत्ति जनाउँदै नेता आङ्देम्बेले संसद् र प्रतिपक्षको बेवास्ता गरेर हुकुमी दम्भ र सामाजिक सञ्जालको भरमा देश चलाउन खोजिएको टिप्पणी गर्नुभयो । संसदमा संख्या र शक्ति भए पनि त्यसलाई परिणाममा बदल्ने शासकीय कौशलता छ कि छैन रु यसैले सरकारको भविष्य निर्धारण गर्ने आङदेम्बेको भनाई छ ।

नेता आङ्देम्बेले संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर फर्कँदासमेत प्रधानमन्त्रीले संसद्लाई जानकारी नदिएर संसदीय मर्यादाको उल्लङ्घन गरेको आरोप लगाउनुभयो । लोकप्रियतावाद, एकाधिकार र डिजिटल घोषणाभन्दा पनि वास्तविक कार्यान्वयन, सामाजिक न्याय र सुशासन अहिलेको आवश्यकता भएको उल्लेख गर्दै उहाँले निराशामा रहेका नागरिकलाई देशमा सरकार छ भन्ने अनुभूति गराउन सरकारसँग माग गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार