Skip to content

नेप्से स्थिर, कारोबार रकम बढ्यो

कालोपाटी

१० मिनेट अगाडि

काठमाण्डौ । लगातार ३ दिन घटेको शेयर बजार आज स्थिर रहेको छ । शेयर बजार परिसूचक नेप्से ०.२६ अङ्कको झिनो वृद्धिका साथ २ हजार ५९९.१५ विन्दुमा पुगेर बन्द भएको छ ।

आज बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत् र लगानी बाहेक सबै समूहको उपसूचक घटेको छ । आज १३९ वटा कम्पनीको शेयर बढेकोमा १२८ वटाको घटेको छ । यस्तै १२ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।

आज सिन्धु विकास बैंकको शेयर १०.११ प्रतिशतले बढेको छ । नेप्से स्थिर रहेको दिन सयपत्री हाइड्रोपावरको शेयर ९.६६ प्रतिशतले घटेको छ ।

आज कारोबार रकम भने बढेको छ । हिजो ४ अर्ब ७६ करोडको कारोबार भएकोमा आज ३५३ वटा कम्पनीको १ करोड २० लाख कित्ता शेयर ४ अर्ब ८९ करोड रुपैयाँमा किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार