काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले स्विप अपरेसन चलाएर काठमाडौंका विभिन्न ठाउँहरूबाट २५० जनालाई पक्राउ गरेको छ ।
२४ घण्टाको अवधिमा विभिन्न ठाउँहरूबाट २५० जनालाई पक्राउ गरिएको परिसरका एसपी तथा प्रवक्ता दानबहादुर थापाले बताए ।
पक्राउ पर्नेहरूमा २२७ जना पुरुष र २३ जना महिला छन् । सुरक्षित काठमाडौं अभियान अन्तर्गत प्रहरीले स्विप अपरेसन चलाएर कारबाही गरिरहेको छ ।
विभिन्न आपराधिक पृष्ठभूमिका, पटके कसुरदारहरू, होल्ला गर्ने, सार्वजनिक शान्तिमा खलल पुर्याउने लगायतका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्