काठमाण्डौ । सरकारले करदाता प्रोत्साहन उपहारअन्तर्गत असोज महिनाको पहिलो पाक्षिक पुरस्कार घोषणा गरेको छ ।
आन्तरिक राजस्व विभागले आज एक कार्यक्रमका बीच असोज महिनाको पहिलो पाक्षिक पुरस्कारअन्तर्गत १५ जना र एक जना बम्पर गरी १६ जना विजेता घोषणा गरेको हो । हरेक दिनका दरले १५ जनाले जनही १ लाख र एक जनाले बम्पर उपहारअन्तर्गत १० लाख रुपैयाँ पाएका हुन् ।
विभागका अनुसार नेपाल पेट्रो ल्युब प्राइभेट लिमिटेडबाट २१ हजार रुपैयाँको समान किन्ने कुपन नम्बर ०७३११०२०२५०१ का ग्राहकले बम्पर उपहार जितेका हुन् । घोषणाअनुसार पर्साका लालबाबु साह कानुलाई १० लाख रुपैयाँको बम्पर उपहार परेको छ ।
आन्तरिक राजस्व विभागले चालू आर्थिक वर्षदेखि ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि २०८३’ कार्यान्वयनमा ल्याएको हो । विभागका अनुसार गएको असोज १ देखि हिजो १५ गतेसम्म अनलाइन र नगद खरिदमा सहभागी भएर बिल लिएका उपभोक्ता ३ करोड १८ लाख १८ हजार २८६ वटा कारोबार उपहार कार्यक्रमका लागि योग्य थिए ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्