Skip to content

गगनलाई अमरेशको कटाक्ष– ‘इतिहासको गौरव गाउनु भन्दा सर्वनाशको जिम्मा लिनू’

कालोपाटी

१५ मिनेट अगाडि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता एवम् सांसद डा। अमरेश कुमार सिंहले नेपाली कांग्रेसका सभापति गगन थापालाई वर्तमान सर्वनाशको जिम्मेवारी लिन अनुरोध गरेका छन् ।

सामाजिक सञ्जालमा सन्देश लेख्दै उनले ‘नयाँ पार्टीका सभापति ज्यू’ भन्दै गगन थापालाई घुमाउरो पाराले कटाक्ष गरेका हुन् । थापाले हिजो नेपाली कांग्रेसको महाधिवेशनमा रास्वपा सभापति लामिछानेलाई जवाफ दिँदै ‘हामीले केही सांसद पनि पठाइदिएका छौँ’ भनेपछि कांग्रेस पृष्ठभूमिका सांसद अमरेशले यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले भनेका छन्, ‘यत्तिकै पार्टी छोडेर गएका होइनन्, तपाईंहरूले पार्टीको जिम्मा ठग, भ्रष्टाचारी र ठेकेदारहरूको हातमा सुम्पिएपछि नै उनीहरू बाहिरिन बाध्य भएका हुन्।’

सांसद सिंहले नाक फुलाएर ‘लोकतन्त्र ल्याउने पार्टी’ भनेर गर्व गर्नु भन्दा लोकतन्त्रका लागि लडेको पार्टीलाई आज यो हालतमा पुर्‍याउने अवस्थाको जिम्मेवारी पनि लिन भनेका छन् । उनले लेखेका छन्, ‘इतिहासको गौरव गाएर मात्र पुग्दैन, वर्तमानको सर्वनाशको जिम्मेवारी पनि लिन सक्नुपर्छ।’

उनले लोकतन्त्र ल्याएको पार्टीको नाम बेचेर राजनीति गर्ने र त्यही पार्टीको जग आफैँ भत्काउने काम गरेको आरोप लगाउँदै भनेका छन्, ‘यो भन्दा ठूलो विडम्बना अरू के होला र?’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार