Skip to content

बैंकिङ कसुरका फरार आरोपी दिपेन्द्र आले पक्राउ

कालोपाटी

३३ मिनेट अगाडि

काठमाडौं । बैंकिङ कसुर सम्बन्धीका फरार आरोपी दिपेन्द्र आले पक्राउ परेका छन् । जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति पाएको करिब ९ महिनापछि आरोपी आले पक्राउ परेका हुन् ।

मण्डिकाटारमा लुकिछिपी बसिराखेको अवस्थामा आइतबार उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त सिंहदरबारका इन्स्पेक्टर देवीराम भण्डारीले जानकारी दिए ।

आलेलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले ३० पुस २०८२ सालमा पक्राउ अनुमति दिएको थियो । पक्राउ पुर्जी जारी भएपछि आले फरार रहेका थिए ।

पीडित महिलालाई आलेले युरोप पठाइदिन्छु भन्दै ५ लाख रुपैयाँ बैंक खाता मार्फत लिएका थिए । पीडित महिलालाई युरोप पठाउँछु भनेर भारतसम्म पुर्‍याएर झुक्काएका थिए ।

पीडित महिलाले आलेविरुद्ध सुरुमा नेपाल प्रहरीको मानब बेचविखन अनुसन्धान व्यूरोमा उजुरी दिएकी थिइन् । ब्यूरोले बोलाएर सोधपुछ गरेपछि आलेले पीडितलाई आफूले लिएको रकम बराबरको चेक दिएका थिए । तर उक्त चेक बाउन्स भएपछि पीडित बैंकिङ कसुरमा जाहेरी दिएकी थिइन् । सोही जाहेरीका आधारमा प्रहरीलाई अदालतले पक्राउ अनुमति दिएको थियो ।

अदालतले पक्राउ अनुमति दिएपछि भने आले फरार रहँदै आएका थिए ।

इन्स्पेक्टर भण्डारीका अनुसार आलेविरुद्ध थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार