Skip to content

कांग्रेस इतर पक्षको काठमाडौं जिल्ला अधिवेशन देउवाले उद्घाटन गर्ने

कालोपाटी

६ मिनेट अगाडि

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले जिल्ला अधिवेशनलाई तीव्र पारेको छ। काठमाडौं जिल्ला अधिवेशन कात्तिक २१ गते हुँदै छ।

अधिवेशनको पूर्वसभापति देउवाले उद्घाटन गर्ने तय भएको छ। उद्घाटन समारोह राष्ट्रिय सभागृहमा जनाइएको छ।

गगन थापाको नेतृत्वमा १५ औँ महाधिवेशनबाट नयाँ नेतृत्व आएपछि देउवा समूहले समानान्तर महाधिवेशनको तयारी गरेको हो। देउवा समूहको अधिकांश जिल्ला अधिवेशन कात्तिक १५ गते हुँदै छ। देउवा समूहले मंसिर २१ देखि महाधिवेशन गर्दै छ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार