काठमाडौं । चर्चित टिकटकर तुलसा अधिकारी (तुलसा कलेक्सन) थुनामुक्त हुन असफल भएकी छन् ।
उनलाई आपराधिक लाभ, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालतको आदेशलाई उच्च अदालत पाटनले सदर गरेको छ ।
जिल्ला अदालत ललितपुरले पुर्पक्षका लागि थुनामा पठाउने गरी गरेको आदेशविरुद्ध तुलसाले पुनरावेदन गरेकी थिइन् । निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालत पाटनका न्यायाधीशद्वय खड्कबहादुर केसी र केशवप्रसाद अधिकारीको संयुक्त इजलासले जिल्ला अदालतको आदेश बेरीतको नदेखिएको भन्दै परिवर्तन गर्नुनपर्ने ठहर गरेको हो ।
अधिकारीविरुद्ध २१ करोड १२ लाख २० हजार ४०६ रुपैयाँ १६ पैसा बिगो मागदाबी गरिएको छ । उनीविरुद्ध संगठित अपराध निवारण ऐन, २०७० को दफा ३ र ८ अनुसार आपराधिक लाभ ९एक्सटर्सन० लिएको, हुन्डीमार्फत आर्जित सम्पत्तिको स्रोत र स्थान बदलेको तथा सम्पत्ति शुद्धीकरण ९मनी लाउण्डरिङ्ग० निवारण ऐन, २०६४ विपरीत कसूर गरेको अभियोग लगाइएको छ । अभियोगपत्रमा पीडितलाई क्षतिपूर्तिसहित कानुनबमोजिम कडा सजायको माग गरिएको छ ।
उच्च अदालतले जारी गरेको आदेशमा अधिकारीलाई तत्काल प्राप्त प्रमाणका आधारमा थुनामै राख्नुपर्ने मुख्य ३ आधारहरू औंल्याइएको छस्
१. जाहेरवाला कुमार चामोरियाको जाहेरी दरखास्त तथा थप विवरणसहितको निवेदन ।
२. विना कुमारी चामोरिया, नवराज आचार्य, रुद्रप्रसाद आचार्य, हेमराज रसाइली, नितु गुसालगायतले गरिदिएको मौकाको कागज र प्रहरी प्रतिवेदन ।
३. प्रतिवादी तुलसी अधिकारीले अदालतसमक्ष गरेको बयानमा जाहेरवालासँग सम्बन्ध रहेको स्वीकार गरेको अवस्था ।
४. उनको नाममा रहेको ‘तुलसा कलेक्सन प्रा।लि।’ ले सम्बन्धित सरकारी निकायमा पेस गरेको आय–व्यय विवरणमा घटी कारोबार देखाउनुमा आफ्नो कमजोरी रहेको भनि प्रतिवादी स्वयंले बयानमा उल्लेख गरेको तथ्य ।
मिसिल संलग्न तत्काल प्राप्त प्रमाणहरूबाट पछि थप प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाललाई ललितपुर जिल्ला अदालतले २०८१ जेठ २१ मा गरेको पुर्पक्षका लागि थुनामा राख्ने आदेश नै कानुनसम्मत देखिएको उच्च अदालतको ठहर छ । उच्च अदालतको यो आदेशसँगै अब अधिकारीले मुद्दाको अन्तिम फैसला नभएसम्म जेलमै बसेर मुद्दा लड्नुपर्ने भएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
NPL
प्रतिक्रिया दिनुहोस्