Skip to content

थप ७२ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ६७५ पुग्यो

Corona Virus Update Nepal

कालोपाटी

६ वर्ष अगाडि

काठमाडौं, जेठ १२ ।
नेपालमा थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोराना संक्रमित व्यक्तिहरुको संख्या ६ सय ७५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ३७, विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरीएको परीक्षणमा २, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरीएको परीक्षणमा ५, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा गरीएको परीक्षणमा २१, भेरी अस्पताल नेपालगञ्जमा गरीएको परीक्षणमा ५ र प्रदेश अस्पताल सुर्खेतमा गरीएको परीक्षणमा २ जनामा कोरोना पुष्टि भएको हो। 

रौतहटका २६, बाराका २३, धनुषाका ३, कपिलवस्तुका ३, काठमाडौँका ३, सप्तरीका दुई, बर्दियाका एक, बाँके ४, दैलेखमा ७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। संक्रमित सबैलाई स्वास्थ्यकर्मीको निगरानीमा राखिएको स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डाक्टर समिर कुमार अधिकारीले जानकारी दिए। 

प्रतिक्रिया दिनुहोस्