काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज लिग चरणका अन्तिम दुई खेल हुँदैछ ।
आज अपरान्ह १२ बजे हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स आमनेसामने हुनेछन् ।
चितवन प्लेअफमा पुगिसकेकाले यस खेलको नतिजाले उसको अवस्थामा खासै सुधार आउने देखिदैन । यो खेल जितेपनि चितवनले इलिमिनेटर खेल्ने निश्चित भएको छ । त्यस्तै, कर्णाली याक्सले यस सिजनमा ६ खेलमा केबल २ जित मात्र जितेपछि प्लेअफबाट बाहिरिएको छ ।
आजै साँझ ५ बजेदेखि शुरु हुने दोस्रो तथा सिजनको लिग चरणको अन्तिम खेलमा काठमाडौँ गोर्खाज र पोखरा एभेन्जर्स भिड्दैछन् । प्लेअफमा छनौट भएको काठमाडौँले यो खेल जितेर दोस्रो स्थानमा उक्लिने प्रयास गर्नेछ । त्यस्तै प्रतियोगिताबाट बाहिरिएको पोखराले भने यस प्रतियोगितामा दोस्रो जितको खोजीमा हुने छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
NPL
प्रतिक्रिया दिनुहोस्