धनगढी, जेठ १५ ।
सुदूरपश्चिममा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढी प्रयोेगशालामा गरिएको परीक्षणमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै सुदूरपश्चिममा संक्रमितको सङख्या २० पुगेको छ ।
सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले तीन जना संक्रमितको थपिएको पुष्टि गर्नुभएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने पुष्टि गर्न बाँकी छ ।
नयाँ संक्रमितमध्ये दुई जनाको टीकापुर र एक जनाको दार्चुला अस्पतालमा उपचार भइरहेको छ । नयाँ संक्रमितहरुको संख्याका बारेमा सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले संसदको बैठकमा जानकारी गराएका हुन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्