अछाम, जेठ १६ ।
अछाममा क्वारेन्टाइनमा बसेकी महिलाले बच्चा जन्माएकी छन् । जिल्लाको मेल्लेख गाउँपालिका ३ ठाँटीको नवदुर्गा मावि क्वारेन्टाइनमा रहेकी सुना नेपालीले शुक्रबार छोरो जन्माएकी हुन । ठाँटीस्थित बगुडा स्वास्थ्य चौकीका इन्चार्ज नरेन्द्र शाहले सुनालाई सुत्केरी व्यथा लागेपछि क्वारेन्टाइनमै अनमि सम्झना सिंहलाई पठाएर सुरक्षित सुत्केरी गराइएको जानकारी दिए ।
भारतको दिल्लीबाट जेठ १३ गते श्रीमान् दक्षबहादुर नेपालीसँगै अछाम आइपुगेकी २६ वर्षीया उनलाई सुत्केरीपछि होम क्वारेन्टाइनमा बस्नेगरी पठाइएको जिल्ला स्वास्थ प्रमुख झनक ढुंगानाले बताए । शुक्रबार बिहान नौ बजेर आठ मिनेट जाँदा जन्मिएको बच्चाको तौल तीन किलो पाँचसय ग्राम छ । आमाको स्वास्थ्य अवस्था समेत सामान्य रहेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्