काठमाडौं । भुटान सरकारले अनुदान स्वरुप नेपाल सरकारलाई दिएको कोरोना विरुद्धको खोप नेपाल आइपुगेको छ । एस्ट्राजेनेका ३ लाख डोज खोप शुक्रबार बिहान भुटानको ड्रुक एअरलाइन्सको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएको हो ।
अहिले १४ लाख भन्दा धेरै ज्येष्ठ नागरिक कोभिसिल्डको पर्खाइमा छन् । जापानबाट भोलि र पर्सि आइपुग्ने खोप र भुटानबाट आएको खोप कोभिसिल्डको पहिलो मात्रा लगाएर दोस्रो मात्राको पर्खाइमा रहेका ज्येष्ठ नागरिकलाई दिने सरकारको तयारी छ । उक्त दुई देशबाट खोप ल्याइसकेपछि सरकारले यही साउन २५ देखि ३२ गतेसम्म ‘खोप सप्ताह’ मनाउने तयारी गरेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्