कैलाली । कैलालीमा अबैध रुपमा बोकिएको झण्डै आधा किलो सुनसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार बुधबार दिउँसो काठमाडौंबाट महेन्द्रनगर जाँदै गरेको महाकाली यातायातको ना-८ख ८३४९ नम्बरको बसमा सवार तीन जनालाई सुचनाका आधारमा पक्राउ गरिएको हो । पक्राउ पर्नेमा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–८ फुलैलीका ३५ वर्षीय भवानी घिमिरे, सुनसरी रामधुनी नगरपालिका–३ सिंगियाका २६ वर्षीय राजु विक र ३१ वर्षीय समीर सिजापती छन् ।
जिल्ला प्रहरी कर्यालयका कैलालीका डीएसपी प्रतिक विष्टका अनुसार अवैध रूपमा सुन ल्याइरहेको भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूबाट प्रहरीले ४४९.७७ ग्राम सुन बरामद गरेको छ । उनीहरूका साथबाट प्रहरीले ४९ हजार ४०५ रुपैयाँ पनि बरामद गरेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्