Skip to content

नभएको सिमा बिबाद देखाउन खोजियो : एमाले अध्यक्ष ओली

कालोपाटी

४ वर्ष अगाडि

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले चीनसंग  नेपालको  कुनै सीमा विवाद नरहेको बताएका  छन् ।

शनिबार नेकपा एमालेको काठमाडौं महानगरपालिकास्तरीय कार्यक्रममा सम्बोधन गर्दै उनले हुदै नभएको सीमा विवाद  झिकेर कसलाई खुसि पार्न खोजेको भनि प्रस्न गरे।  साथै कहाँनेर सीमा विवाद छ देखाउन समेत चुनौती दिए।

उनले शेरबहादुर देउवा नेतृत्वको सरकारले मित्ररास्ट्रसंगको सम्बन्ध तनावग्रस्त बनाउँदै लगेको पनि आरोप लगाए ।

कार्यक्रममा बोल्दै उनले सरकारसंग एमसीसी को बारेमा समेत आधिकारिक धारणा प्रस्ट पार्न  भनेका छन्।

प्रतिक्रिया दिनुहोस्