नेपालमा आइतबार थप १ हजार ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ५ हजार १ सय ७० पिसिआर परिक्षणका क्रममा ९ सय ७६ र २ हजार ८ सय १ एन्टीजेन परिक्षणका क्रममा १ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ५४ हजार ३ सय २१ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप २० जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण १० हजार ८ सय ३८ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
त्यस्तै थप १ हजार ५ सय ३४ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म ७ लाख २७ हजार १ सय ८५ संक्रमित कोरोनामुक्त भएका छन् । हाल ३१ हजार २ सय ४८ सक्रिय संक्रमित आइशोलेन र २ सय ६६ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ३९ लाख ५८ हजार १ सय १२ वटा पिसिआर र ४ लाख ८७ हजार ४ सय ४४ वटा एन्टीजेन परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्