नेपालमा सोमबार थप १ हजार ८ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ११ हजार ६ सय ९ पिसिआर परिक्षणका क्रममा १ हजार ४ सय ८८ र ४ हजार ३ सय ७० एन्टीजेन परिक्षणका क्रममा ४०९ जनामा कोरोना जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ५६ हजार २ सय १८ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप २० जनाको मृत्यु भएको छ ।
हालसम्म नेपालमा कोरोनाका कारण १० हजार ८ सय ५८ जनाले ज्यान गुमाएका छन् । त्यस्तै थप १ हजार ७ सय ४३ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख २८ हजार ९ सय २८ संक्रमित निको भएका छन् ।
हाल नेपालमा ३० हजार ९ सय ७३ संक्रमित आइशोलेशन र २ सय ६० संक्रमित क्वारेन्टाइनमा छन् । त्यस्तै हालसम्म ३९ लाख ६९ हजार ७ सय २१ पिसिआर र ४ लाख ९२ हजार १ सय १४ वटा एन्टीजेन परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्