नेकपा (माओवादी केन्द्र)को युवा संगठन योङ कम्युनिष्ट लिग नेपाल (वाईसीएल) संयोजकमा सुमन देवकोटालाई चयन भएका छन् ।
मंगलबार काठमाडौंमा बसेको वाईसीएलको पहिलो केन्द्रीय समिति बैठकले देवकोटालाई चयन गरेको हो । त्यस्तै बैठकले सह–संयोजकमा सुबोधराज शेर्पालीलाई चयन गरेको छ । बैठकले हालको केन्द्रीय समितिलाई तेस्रो राष्ट्रिय सम्मेलन आयोजक समितिमा रुपान्तरण गरेको वाइसिएल अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले जानकारी दिए । उनले छिटै राष्ट्रिय सम्मेलन गर्ने गरि संयोजक र सहसंयोजक तय गरेको बताए । बैठकले वाईसीएल एकढिक्का रहेको सन्देश गएको उहाको भनाई छ ।
संयोजकमा चयन भएपछि संयोजक देवकोटाले जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलव्धीलाइ रक्षा गर्न सशक्त भूमिका खेल्ने बताए ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी पास नहुने घोषणा गरे । राष्ट्र र राष्ट्रियतामाथि प्रश्न उठ्ने कुरामा माओवादी केन्द्रले सहमति नजनाउने उनलेबताए ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्