नेपालमा बुधबार थप १ हजार ६ सय ४० जनामा कोरोना पुष्टि भएको छ ।
देशभ गरिएको ९ हजार ७ सय ६७ पिसिआर परिक्षणका क्रममा १ हजार ३ सय ४७ र ३ हजार ६ सय ८८ एन्टीजेन परिक्षणका क्रममा २ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ५९ हजार ५ सय ३५ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १० जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाका कारण हालसम्म १० हजार ८ सय ८९ जनाको मृत्यु भएको छ ।
त्यस्तै २ हजार १ सय ६१ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ३३ हजार १ सय ६१ संक्रमित कोरोनामुक्त भएका छन् । हाल २९ हजार ४ सय ७९ सक्रिय संक्रमित आइशोलेशन र २ सय ५६ जना क्वारेन्टाइनमा छन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्