अमेरिकी सहयोग परियोजना मिलेनीयम च्यालेन्ज कर्पोरेशन एमसीसीका उपाध्यक्ष फातिमा सुमार र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।
प्रचण्डलाई भेटन बिहान खुमलबाटर पुग्नुभएकी फातिमालाई प्रचण्डले एमसीसीको विषय नेपालमा राष्ट्रिय बहसको विषय बनेकाले राष्ट्रिय सहमति गरेर मात्र अघी बढाउन सकिने प्रतिक्रिया दिएका छन् ।
प्रचण्डले एमसीसी परियोजनालाई संसदबाट पास गर्ने विषयमा सत्ता गठबन्धनमा छलफल गर्ने र गठबन्धनमा समेत एक मत बनाउने प्रयास गरिने जानकारी गराएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।
भेटमा फातिमाले प्रचण्डलाई एमसीसी परियोजना नेपाललाई हानी गर्ने प्रकृतिको परियोजना नभएकाले अगाडी बढाउन आग्रह गरेकी थियिन् । उनले एमसीसी परियोजना नेपालमा बहसमा आएको जस्तो नेपालको राष्ट्रिय हित विपरित समेत नभएको र आर्थिक साहायता मात्र भएको अध्यक्ष प्रचण्डलाई बताएकी थियिन् । यसअघि बिहीबार फातिमासहितको एमसीसीको उच्च नेतृत्वले प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र जसपाका अध्यक्षद्वय उपेन्द्र यादव र बाबुराम भट्टराईलाई भेटेको थियो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्