झापा । नेकपा एमालेका नेता हिक्मत कार्कीले बहुमत जुटाएर प्रदेश १ सरकार जोगाउने बताएका छन् । एमाले विभाजन भएर १० जनाले नेकपा एकीकृत समाजवादी रोजेका छन् । उनीहरुले सोमबार मुख्यमन्त्री भीम आचार्य नेतृत्वको सरकारलाई आफ्नो दलको समर्थन नरहेको बताएका छन् ।
यससँगै ३० दिनभित्र विश्वासको मत लिनुपर्ने अवस्था आएको उनले बताए । प्रदेशसभा सदस्य समेत रहेका एमाले नेता कार्कीले भने असोज तेस्रो साता प्रदेशसभाको अधिवेशन आह्वान हुने बताए । उनले अघि भने, ‘प्रदेश सरकार जोगाउन हामी लागेका छौं, सामान्य बहुमत पुर्याएर सरकार जोगाउने छौं ।’
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्