नेपाली कांग्रेसले जिल्लाका सबै पालिकामा नेतृत्व चयन गरेको छ । एक नगरपालिकासहित नौ स्थानीय तहमा निर्वाचन र अन्यमा सहमतिमा नेतृत्व चयन गरेको हो ।
फुङलिङ नगरपालिकामा सुरेस सिङ्घक सभापतिमा निर्वाचित हुनुभएको कांग्रेस जिल्ला कार्यसमितिले जनाएको छ । यसैगरी सिरिजङ्घामा लालकृष्ण चौहान, सिदिङ्वामा प्रदीप राई, मिक्वाखोलामा पञ्च थलङ र मेरिङ्देन गाउँपालिकामा जयबहादुर खड्का सभापतिमा निर्वाचित भएका छन् ।
यस्तै पाथीभरा याङ्वरकमा राम थेबे, आठराई त्रिवेणीमा विश्व सिटौला, फक्ताङलुङमा भद्र बोखिम र मैवाखोला गाउँपालिकामा खगेन्द्र थक्लुङ सभापतिमा चयन भएका छन् । फुङलिङ नगरपालिका र सिदिङ्वा गाउँपालिकामा भने समय अभावलगायतका कारण आइतबार मात्रै निर्वाचन भएको थियो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्