सभामुख अग्नि सापकोटाले संघीय संसदलाई जीवन्त र जनमुखि बनाउन आफु प्रतिवद्ध रहेको बताएका छन् ।
संघीय संसद सचिवालय कर्मचारी युनियनले सोमबार सिंहदरबारमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा सभामुख सापकोटाले संसद्को कार्यभार असामान्य र असाधारण रहेको भन्दैसंसदलाई जीवन्त र जनमुखि बनाउन आफु प्रतिवद्ध रहेको बताए ।
उनले आफ्नो सभामुखको पदलाई अन्याय हुन नदिने गरि कार्यसम्पादन गर्ने धारणा पनि राखे । सभामुख सापकोटाले गुणस्तरीय कानुन बनाउने र त्यसको कार्यान्वयन भए÷नभएको अनुगमन गर्ने कामलाइ अघि बढाउने जिकिर गरे । उनले मुलुकलाई अघि बढाउन एकतावद्ध हुनुपर्नेमा जोड दिए ।
२०७८ सालको विजयादशमी, दिपावली, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा कर्मचारी युनियनले शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको हो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्