नेपालमा मंगलबार थप ९ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ११ हजार ५ सय ८२ पिसिआर परिक्षणका क्रममा ७ सय ६२ र ४ हजार ४ सय ६० एन्टीजेन परिक्षणका क्रममा २ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ९१ हजार २ सय २४ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ६ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार १ सय ८० जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप १ हजार १ सय १४ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ७१ हजार ३ सय ३८ संक्रमित निको भएका छन् ।
हाल १६ हजार २ सय ४८ सक्रिय संक्रमित आइशोलेशन र २ सय ३७ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्