Skip to content

नव निर्मित मन्दिरको उद्घाटन सम्पन्न

कालोपाटी

४ वर्ष अगाडि

राजीव कुशवाहा , सुनसरी। देवानगञ्ज गाउँपालिका वडा नं. ४ कप्तानगञ्जमा श्री श्री १०८ श्री नव दुर्गा भवानी मन्दिरको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।

प्रदेश सरकार, स्थानीय तह, वडा कार्यालय र स्थानीयबासीहरुको सहयोगमा नव मन्दिरको निर्माण सम्पन्न भएको हो। नव मन्दिर निर्माण गर्न प्रतिनिधि सभा सदस्य सिताराम मेहताले कोषबाट १० लाख १० हजार, प्रदेश सभा सदस्य राजीव कोइरालाले कोषबाट २५ लाख दिएका थिए भने देवानगन्ज गाउँपालिकाबाट ४० लाख र ४ न. वडा कार्यालयबाट १९ लाख गरि जम्मा ९४ लाख र स्थानीयबासीहरुको सहयोगमा मन्दिरको निर्माण कार्य सम्पन्न भएको संजिव कुमार मेहताले बताए ।

संघीय सांसद सिताराम मेहता,१ नं. प्रदेशका प्रमुख प्रतिपक्षि दलका नेता राजीव कोईराला र देवानगञ्ज गाउँपालिकाका अध्यक्ष लाली प्रसाद मेहताले संयुक्त रुपमा उद्घाटन गरिएका थिए ।

उक्त उद्घाटनमा देवानगन्ज गाउँपालिकाका उपाध्यक्ष पुनिता देवी यादव,प्रशासकीय अधिकृत चुडामणी गुरागाई,
नेपाली कांग्रेसका नेता/प्रदेश सभा सदस्य ज्योति सुब्बा, सन्तोष भगत, ४ वडा अध्यक्ष चन्देशदर मेहता लगायत अन्य वडा अध्यक्ष, सचिव, सदस्य, राजनीतिक दलका नेता र स्थानीयबासीहरुको समेत सहभागिता थियो।

प्रतिक्रिया दिनुहोस्