नेपालमा आइतबार थप ३ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ६ हजार ९ सय ६६ पिसिआर परिक्षणका क्रममा ३ सय ८५ जना र १ हजार १ सय ११ एन्टीजेन परिक्षणका क्रममा ६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ९८ हजार ३ सय ९९ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ६ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार २ सय ८४ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
त्यस्तै ६ सय ८० संक्रमित कोरोनामुक्त हुदा हालसम्म नेपालमा ७ लाख ८१ हजार ४ सय ५६ संक्रमित निको भएका छन् । हाल १२ हजार २ सय ९७ सक्रिय संक्रमित आइशोलेशन र २ सय ३१ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्